एसईईको नतिजा साउन अन्तिम आउने – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

एसईईको नतिजा साउन अन्तिम आउने

नयाँ विकल्प्,


काठमार्डौं – यस बर्षको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ को नतिजा साउन मसान्तभित्र आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले ‘एसईई’ को नतिजा साउन अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी गरेको हो ।

जिल्ला-जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको पनिकाले जनाएको छ ।

यस वर्षको एसईईको मूल्यांकन गर्दा विषय शिक्षकले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत, विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतको विषय, निर्णयात्मक ५५ प्रतिशत ‘विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन’ र प्रयोगात्मकको लागि २५ प्रतिशत अंक दिन पाउनेछन् ।

प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोके अनुसार गरेको मूल्यांकन विद्यालयकै मूल्यांकन समितिलाई पेश गर्नुपर्छ ।

मूल्यांकन समितिले रुजु गरी जिल्ला शिक्षा समन्वय इकाइमा पठाउँछ र जिल्ला समन्वय इकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्छ ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ असार ३१, २१: २८

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ असार ३१, २१: २८

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ असार ३१, २१: २८

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...