स्वरोजगारमूलक व्यवसायिक पत्रकारितामा हाम्रो निरन्तरता – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

स्वरोजगारमूलक व्यवसायिक पत्रकारितामा हाम्रो निरन्तरता

नयाँ विकल्प साप्ताहिक पत्रिका प्रकाशन हुन थालेको आज २४ वर्ष पुरा भई २५ वर्षमा प्रवेश गरेको छ । बाल्यकालदेखि मिसन पत्रकारिताबाट लोकतन्त्रप्रति प्रतिबद्ध हुँदै आज हामी तरुण अवस्थासम्म आई पुगेका छौं । लोकतन्त्रको पहरेदारको रुपमा निरन्तर टिकी राख्न विभिन्न आरोह अवरोह खडा हुँदा पनि कहिल्यै विचलित नभै यात्रा जारी राखेका छौं ।

नेपाली पत्रकारिता क्षेत्रमा अविचलित रुपमा व्यवसायिक मर्यादालाई आत्मसाथ गरेको कारणले नै आज हामी स्वरोजगारमूलक व्यवसायिक पत्रकारितामा स्थापित हुन सफल भएका छौं । सुरुका दिनहरुमा मिसन पत्रकारिताबाट अघि बढेका हामी व्यवसायिकता र लोकतन्त्रको पहरेदार हुनबाट कहिल्यै चुकेनौं । विभिन्न राजनैतिक घटनाक्रमले देशमा प्रजातन्त्र कमजोर अस्थिर राजनैतिक स्थितिको सामना गर्दै संक्रमणकाल निम्तियो र नेपाली मिडिया माथि बारम्बार आक्रमण भैइरह्यो ।

तर पनि हामी अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको लडाई लडि रह्यौं । लोकतन्त्रको आधारस्तम्भ नै अभिव्यक्ति स्वतन्त्रता भएको हुँदा जनताको आवाज बुलन्द पार्ने काममा अझ बढी सतर्ककर्ताका साथ हाम्रो कमल अगाडी बढ्दै आयो; र बढीरहेको छ र बढी रहने छ ।
लोकतन्त्रको संस्थागत विकासमा जसरी विपक्षीले सदनमा भूमिका खेली रहेका हुन्छन्, त्यसैगरी हामीले पनि जनता र विपक्षीको आवाज सरकारसम्म पु¥याउने हेतुले काम गरी रहेका हुन्छौं । तर आज खबरदारीको भूमिकामा रही आएको स्वरोजगारमूलक व्यवसायिक पत्रपत्रिकाहरु निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् । समयको विकाससँगै साना लगानीका स्वरोजगारमूलक अखबारहरुले थुप्रै चुनौतिहरुको सामना गर्नुपरेको छ । सुरुवाती दिनहरुमा अहिले जस्तो छापा पत्रिका र डिजिटल मिडिया नभएको हुँदा साप्ताहिक पत्रिकाको बजार निकै फराकिलो थियो ।

तर अहिले सीमित स्रोत, साधन, ठूला मिडियाको बजार र विकसित प्रविधिसँग प्रतिस्पर्धा गर्दै स्थायित्व पाउन साप्ताहिक पत्रिकाहरुलाई निकै कठिन छ । जसका कारण कति पत्रिका बन्द हुँदै गएका छन् भने कति जेनतेन प्रकाशित भैइरहेका छन् । तर कुनैपनि सरकारको आँखा यि इतिहास बोकेका, असहज राजनैतिक परिस्थितिलाई सहज वातावरण बनाउन उल्लेखनीय भूमिका खेलेका साना लगानीका अखबारहरुलाई संरक्षण गर्ने काममा ध्यान जान सकेको छैन ।

वर्तमान बहुमत प्राप्त सरकारबाट आशा र भरोसा गरेता पनि यस्ता साना लगानीका अखबारप्रति सरकार निकै उदासिन हुनुले कतै प्रेस जगतलाई नियन्त्रित गर्न खोजेको त होइन; भन्ने प्रश्न चिन्ह खडा भएको छ । तर पनि हामी अविचलित रुपमा निरन्तर लागि रहने नै छौं र लोकतन्त्रको पहरेदार, अभिव्यक्ति स्वतन्त्रताको स्तम्भ, यस नयाँ विकल्प साप्ताहिक पत्रिका पाठक वर्ग, विज्ञापन दाता, शुभ चिन्तक सबैमा हार्दिक आभार प्रकट गर्दै भविष्यमा निडर भएर निरन्तर अघि बढ्न सहयोगको अपेक्षा गर्दछ ।

–प्रकाशक

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ असार ४, ०९: ४८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७५ असार ४, ०९: ४८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७५ असार ४, ०९: ४८

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...