
नयाँ विकल्प
काठमाडौं- हेलम्बु गाउँपालिका १ को तार्केघ्याङमा ५० जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। बिकट क्षेत्र भनेर चिनिने तार्केघ्याङमा ५० जनामा संक्रमण देखिएको हो। महामारीको रुपमा फैलिएको कोरोना भाइरस दोस्रो लहरको संक्रमण हिमाली भेग पनि तीव्र देखिएको छ।
९२ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको वडा अध्यक्ष मिङ्मर लामाले बताए। संक्रमित सबै घरमै आइसोलेसनमा बसिरहेका छन् भने संक्रमितमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले बताए।
यति ठूलो संख्यामा कोरोना संक्रमण देखिनु यो क्षेत्रमा पहिलो पटक हो। जसका कारण स्थानीयमा त्रास बढेको छ।
बाढीपहिरोले क्षति पुर्याएको यस क्षेत्रमा गम्भीर अवस्थाका बिरामीलाई उपचार गर्न कठिन भएको छ। बाटो तथा मोटरबाटोहरु बाढीले बगाएपछि यहाँका स्थानीयहरु उपचार गर्नबाट बञ्चित भएका छन्। यहाँ स्थानीयले सामान्य भन्दा पनि सामान्य उपचारका लागि पनि हेलिकप्टर चार्टर्ड गर्नु पर्ने अवथाको सृजना भएको उनले बताए।
वडाध्यक्ष लामाका अनुसार यहाँबाट उपचारका लागि हेलिकप्टर चार्टर्ड गर्नु बाहेक अन्य उपाय छैन। एकजनाले झण्डै एक लाखभन्दा बढी रुपैयाँ तिरेर हेलिकप्टर चार्टर्ड गर्नु पर्ने उनले बताए।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...