
एजेन्सी
रियाद, साउदी अरब- कोभिड–१९ विरूद्धको खोप लगाइसकेका हजारौं मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको मक्कामा हजका लागि भेला भएका छन्।
ईस्लामहरूको सबैभन्दा पवित्र स्थल भनिने मक्कामा मुस्लिम धर्मावलम्बीहरूले कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानूनको पालना गर्दै हज गर्न भेला भएका बताइएको छ।
इस्लाम धर्मको पाँच महत्वपूर्ण पर्वमध्ये एक मानिने हज ईद अल–अदह उत्सवको समापनसँगै सकिनेछ। शारीरिक रूपमा सक्षम हरेक मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तिमा एक पटक मक्का पुगी हज गर्नुपर्ने विश्वासमा जीवनमा एक पटक यस पवित्र धार्मिकस्थलको भ्रमण गर्ने प्रयास गर्ने गरेका पाइन्छ।
समाचार संस्था अल जजीराका अनुसार यस वर्ष हजका लागि मक्का पुगेका करीब १० हजार मुस्लिम धर्मावलम्बीले मास्क लगाएर सामाजिक दूरी कायम गर्दै आइतबार उनीहरूको धार्मिक उत्सव मनाएका हुन्। कोरोना भाइरसका कारण लगातार दोस्रो वर्ष पनि विश्वमा मृत्यु हुनेको सङ्ख्या अझै पूर्ण नियन्त्रणमा नआएका कारण यस वर्ष भने मक्कामा ठूलो सङ्ख्यामा मुस्लिम धर्मावलम्बीहरू भेला हुनबाट नियन्त्रण गरिएको छ। गत वर्ष हज मनाउन विश्वभरका करिब २५ लाख मुसलमान मक्का पुगेका थिए।
यो वर्ष हजका लागि साउदी अरबका कोभिड–१९ विरूद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति त्यहाँको सरकारले दिएको छ। यद्यपि कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै सानो सङ्ख्यामा मात्र उनीहरू त्यहाँ पुगेका छन्। सायदी अरबबासी मुस्लिम धर्मावलम्बीको ठूलो जमात मक्का जान चाहेको भएपनि सबैले खोप लगाइ नसकेका कारण उनीहरूलाई त्यहाँ प्रवेश दिइने छैन।
साउदी अरबले महामारीका कारण हज गर्न जाने तीर्थयात्रीलाई नियन्त्रण गर्ने नीति अख्तियार गरेको यो दोस्रो वर्ष हो। एएनआई
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...