
नयाँ बिकल्प,
काठमाडौं – सार्वजनिक यातायात केन्द्रीय महासंघले आफ्ना ७ बुँदे माग राख्दै बिहीबार राजधानीको चक्रपथ क्षेत्रमा अयोजना गरेको यातायतका साधानसहितको जुलुस र सभाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
भाडाका ठूला भाडाका सवारीदेखि पर्यटक सवारी र मिटर जडान भएका ट्याक्सी व्यवसायीको आन्दोलनका कारण उपत्यकामा सवारी साधनको लामो जाम हुँदा गन्तव्यमा पुग्न नसकी यात्रुहरुले सास्ती बेहोरिरहेका छन्।
यातायात व्यवसायी र मजदुरहरुले गोंगबुस्थित नयाँ बसपार्क र जोरपाटी क्षेत्रबाट निकालेको सवारीसहितको जुलुस कलंकी, बल्खु, एकान्तकुना हुँदै चक्रपथ परक्रमा गरिरहेको छ।
चक्रपथ एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय अघिको सडकमा सवारी साधन तेर्स्याएर यातायात व्यवसायी, चालक र सहचालकहरुले बिरोध प्रदर्शन गरिरहेका छन्। यातायात व्यवसायीको आन्दोलनका कारण राजधानी उपत्यकाको सडकमा ट्राफिक जाम भएको छ।
उनीहरुले सार्वजनिक सवारी साधनको भाडा बृद्धि हुनुपर्ने, कोभिड १९बिरुद्धको खोप लगाउन पार्नु पर्ने, २० वर्ष पुराना भाडाका सवारी साधन पनि चलाउन पाउनु पर्ने, सडक कानून लागू गर्नु पर्ने, यातायात विमा नीति परिमार्जन गर्नु पर्ने लगायतका सात बुँदे माग राखेका छन्।
मौद्रिक नीतिमा यातायातको समस्यालाई समाधान गर्न, बैज्ञानिक भाडा नीति २०६५ अनुसार यातायातको भाडा दर समायोजन गर्न, पर्यटन यातायातको भाडादर निर्धारण गर्न, ट्याक्सीको शुरुवाती कल (फ्लाग डाउन) निर्धारण गर्न माग गरेका छन्। यातायात बन्दाबन्दीको कागज पत्रको कर, राजश्व र जरिवाना छुट गर्न समेत व्यवसायीले माग गरेका छन्।

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...