गण्डकी सरकारलाई पूर्णता, ११ सदस्यीय मन्त्रिपरिषद् बनाउँदा पाैडेल पक्ष र जसपा रुष्ट – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

गण्डकी सरकारलाई पूर्णता, ११ सदस्यीय मन्त्रिपरिषद् बनाउँदा पाैडेल पक्ष र जसपा रुष्ट


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी प्रदेश सरकारमा ६ जनालाई मन्त्रिपरिषद्मा नियुक्त गरेसँगै पूर्णता दिइएको छ।

पाँच सदस्यीय प्रदेश मन्त्रिपरिषद्लाई बिस्तार गरी ११ सदस्यीय बनाएका मुख्यमन्त्री पोखरेलको कार्यशैलीबाट सत्तापक्ष कांग्रेसका नेता रामचन्द्र पौडेल समूह र जनता समाजबादी पार्टीले असन्तुष्टि व्यक्र गरेका छन्।

मुख्यमन्त्री पोखरेलले शुक्रबार बिस्तार तथा हेरफेर गरेको प्रदेशको मन्त्रिपरिषद्मा मर्यादाक्रममा दोस्रो बरियतामा कांग्रेसका कुमार खड्कालाई राखिएको छ। खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसको प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठलाई शिक्षा, संस्कृति, बिज्ञान प्रविधि तथा समाजिक विकास मन्त्री र मणिभद्र शर्मालाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिइएको छ।

काश्कीका प्रदेश सांसद बिन्दुकुमार थापालाई कानून संञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेस नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँका दोबाटे बिकलाई मन्त्रिपरिषद् सदस्यमा राख्न सिफारिस गरे बमोजिम सपथ लिने तयारी रहेका बिकको ठाउँमा बिन्दुकुमार थापालाई नियुक्त गरिएको छ। थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन्।

यस्तै, माओबादी केन्द्रबाट रामजी बराललाई अर्थ, मधु अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसख्या, चन्द्रबहादुर गुरुङलाई भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण र दिपक चर्ती थापा मगरलाई बन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङ्गे) लाई युवा तथा खेलकुद मन्त्रालयकै जिम्मेवारी दिइएको छ भने जनता समाजबादी पार्टीबाट हरिशरण आचार्यलाई उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिईको छ।

मुख्यमन्त्री पोखरेलले पदमा नियुक्त हुनासाथ कांग्रेसबाट खड्का, माओबादीबाट मधु अधिकारी गुरुङ, स्वतन्त्रबाट राजिप गुरुङ (दिपक मनाङ्गे) र जसपाबाट आचार्यलाई प्रदेश मन्त्रिपरिषद्मा नियुक्त गरेका थिए।

प्रदेशमा २ सिट रहेको जसपालाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको तर मुख्यमन्त्रीलाई कार्यान्वयन नगरेको भन्दै जसपाले सपथ ग्रहण समारोह नै बहिस्कार गरेको थियो। जसपाकी सांसद धनमायाँ लामा पोखरेललाई कृषि मन्त्रालयको जिम्मेवारी सहमति भएको जसपाले दाबी गरेको छ।

मुख्यमन्त्री पोखरेलले कृषि मन्त्रीमा माओबादीका चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेका थिए। शुक्रबार मन्त्रीमा नियुक्त श्रेष्ठ, थापा, शर्मा, बराल, थापा मगर र बुढालाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनियताको समथ गराएकी थिइन्।

गण्डकी प्रदेशमा कांग्रेस, माओबादी, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद (हाल मन्त्री)ले नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई ढालेर कांग्रेसका पोखरेल नेतृत्वमा सरकार गठन गरेको थियो।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ श्रावण ८, १५: ४१

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ श्रावण ८, १५: ४१

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ श्रावण ८, १५: ४१

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...