
नयाँ विकल्प,
काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी सहसचिव कृष्ण बहादुर राउतले पाएका छन् ।
यस्तै गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव फणिन्द्रमणी पोखरेललाई पाएका हुन् ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव किरणराज शर्मा सचिवमा बढुवा भएपछि कार्यालयको पूर्वाधार विकास महाशाखा हेर्ने रावतलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
यस्तै यस अघि गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएपछि विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका पोखरेललाई आन्तरिक काज सरुवा गरेर शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय भएको हो ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...