मन्त्रिपरिषद् बैठकले गरेको पाँच निर्णय यस्तो छ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

मन्त्रिपरिषद् बैठकले गरेको पाँच निर्णय यस्तो छ

नयाँ विकल्प

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँचवटा निर्णयहरु गरेको छ ।

बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खण्ड (ख) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

संविधानको धारण ६६ को उपधारा (२)बमोजिम उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । दोस्रो निर्णयमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोमित चितवन निवासी पृथ्वीमान गुरुङलाई गण्डकी र चितवन नै निवासी अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको छ ।

संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

​तेस्रो निर्णयमा नेपाली सेनाको वरिष्ठ अधिकृत रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २६ गते देखि लागू हुने गरी कायम मुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

​चौथो निर्णयमा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरिएको छ भने पाँचौ निर्णयमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल र सदस्यहरुमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण १२, १९: ५०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण १२, १९: ५०

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ श्रावण १२, १९: ५०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...