
नयाँ विकल्प
काठमाडौं- एकपक्षीय ढङ्गले क्रियाशील सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेसका नेता, कार्यकर्ताले गर्दै आएको आमरण अनशन तोडेका छन् ।
दश दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशन बस्दै आएका पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि मङ्गलवार दिउँसो जुस पिएर उनीहरुले अनशन तोडेका हुन् ।
पार्टीको तर्फबाट उनीहरूको माग सम्बोधन गर्ने ६ बुँदे सहमतिमा नेता डा.रामशरण महत र डा. प्रकाशशरण महतले हस्ताक्षर गरेपछि आफूहरुमाथि न्याय हुने आशामा अनशन तोडिएको केन्द्रीय सदस्य यादवले बताए।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले अनशनकर्ताहरुको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
पार्टीको जिल्ला छानबिन समितिको निर्णयअनुसार क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गो नलगाएपछि यादवसहित तराईका विभिन्न जिल्लाका नेता पार्टी केन्द्रीय कार्यालयमा अनशन बस्दै आएका थिए ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...