निधिले सम्पादक फेर्ने चेतावनी दिएपछि ! – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

निधिले सम्पादक फेर्ने चेतावनी दिएपछि !

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विमलेन्द्र निधिले आमसञ्चारको माध्यमले कांग्रेसका केही नेताको भनाई उधृत गर्दै कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर प्रकाशित र प्रसारित समाचारप्रति गम्भिर आपत्ति जनाएका छन् । असार १५ गतेको अवसर पारेर एक महिनाअघि उपसभापतिमा सभापति देउवाद्धारा नियुक्ति पाएका निधिले पार्टी कार्यालयमा पदभार ग्रहण गरेका थिए । सोही समारोहमा उपस्थित संचारकर्मी, पार्टी नेता र कार्यकर्तामाझ निधिले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले पार्टीको सभापति देउवा महाधिवेशनबाट निर्वाचित भएकोले उनलाई हटाउने वा परिवर्तन गर्ने कुरा सञ्चार माध्यमको चासोको बिषय नभएको बताए । उनले कांग्रेसका सभापति परिवर्तन हुनु पर्ने भनेर समाचार लेख्ने र सम्वन्धित विटको रिपोर्टरलाई परिवर्तन गर्नु पर्यो भनेर आफूहरुले किन भन्न नपाउने भनी प्रश्न गरेका थिए । निधिले कांग्रेसको नेतृत्व परिवर्तनको बिषयमा समाचार वा टिप्पणी आएका पत्रिका, टिभि, रेडियो वा अनलाईनको मालिक, सम्पादक र रिपोर्टर पनि परिवर्तनको माग आफूहरुले गर्ने चेतावनी दिए ।

निधिको भाषण सुनेर छेउमै बसेका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रिय सभाको संसदीय दलकी प्रमुख सचेतक सरिता प्रसाईं पनि जिल्ल परेका थिए भने उपस्थित सञ्चारकर्मीहरु मुखामुख गरेका थिए । उपसभापतिको पदभार ग्रहण लगत्तै निधिले कांग्रेस भित्र अब नेतृत्व परिवर्तनको कुरा नगर्न, निर्वाचनमा पराजय भएको भन्दै समिक्षा नगर्न र नेकपाको बिरोध मात्र गर्न कांग्रेस नेताहरुलाई निर्देशन दिए ।

निधिले पत्रकारहरुसँगको अनौपचारिक कुराकानीमा कांग्रेसले तत्काल महाधिवेशन गरेमा देउवाले पुनः सभपाति पदमा जित्ने दाबी गर्दै कांग्रेस नेता शेखर कोइरालाले पनि नेतृत्व परिवर्तन नगरेको कुरा आफूलाई बताएको जनाए । उनले शेखर कोइरालाले मलाई नेतृत्व परिवर्तनको बारेमा आफूले नबोलेको तर मिडियाले लेखेको भनेर उल्टै गुनासो गरेको दाबी गरे । तर डा. कोइरालाले भने वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने बताउँदै आएका छन् ।

निधिले सञ्चारकर्मीहरुलाई शेरबहादुर देउवा र रामचन्द्र पौडेलको मात्र समाचार प्रचार प्रसार नगर्न सञ्चारकर्मीलाई निर्देशन दिए । उनले ट्रेड युनियन कांग्रेसको उद्घाटन समारोहमा आफूभन्दा १५ औ र १६ नम्वरमा बोल्ने नेताको भाषण यति लामो आए पनि आफ्नो भाषणलाई भने थोरै स्थान दिइएको गुनासो गरे । उनले आफ्नो सकारात्मक समाचार नछाप्ने संचारकर्मीको हिसाव किताव राखेको भन्दै आफूलाई सहयोग नगर्ने संचारकर्मीलाई आफूले पनि त्यस्तै व्यवहार गर्ने र सहयोग नगर्ने चेतावनी दिए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ असार १८, ०६: १६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ असार १८, ०६: १६

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ असार १८, ०६: १६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...