जुम्ला । चिकित्सा बिज्ञान अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक, डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौबाट अनसन बस्न जुम्ला पुगेका केसीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । केसीले अनसन बस्न खोजेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रशासनले रोक लगाएको थियो ।
केसी आफ्ना समर्थकको साथमा जिल्ला प्रशासन अनसन बस्न पुगका थिए । त्यहाँबाट उनलाई पक्राउ गरिएको हो । अनसन बस्ने तयारीसहित शनिबार दिउँसो प्रतिष्ठानतर्फ जान लागेका डाक्टर केसीलाई प्रहरीले जुम्लाको टुँडिखेलबाट पछ्याएर अघि बढ्न रोकेको थियो । डाक्टर केसी अनसन बस्ने भनिएको ठाउँ प्रतिष्ठान परिसरसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपर २ सय मिटर क्षेत्रमा अनसन, धर्ना र नाराजुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाउने जुम्ला प्रशासनले शुक्रबार नै सूचना निकालेर जानकारी गराएको थियो ।
प्रक्राउ परेका डा. गोविन्द केसीले जुम्लाबाट विज्ञप्ति निकाल्दै विपन्न नागरिकलाई सस्तो, सुलभ र गुणस्तरिय स्वास्थ्य सेवा लिने र पढ्न पाउने अधिकारको लागि संघर्ष गर्दा आफूलाई प्रशासनले अधिकारको दुरुपयोग गरी रोक लगाएको आरोप लगाएका छन् । डा केसीलाई शनिबार प्रहरीले पक्राउ गरेर जिल्लाको कभर्ड हलमा पुर्याइदिएको छ र उनि सोहि स्थानमा अनशन बसेका छन् ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...