कोभिड-१९विरुद्धको खोप लगाउनेलाई सय डलर दिने अमेरिकी राष्ट्रपति जो बाइडनको घोषणा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कोभिड-१९विरुद्धको खोप लगाउनेलाई सय डलर दिने अमेरिकी राष्ट्रपति जो बाइडनको घोषणा


नयाँ विकल्प

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्।

अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो। सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्।

बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्ने बीबीसीले जनाएको छ।

आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।

बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए।

उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण १५, ०८: ४६

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

नेतन्याहुद्वारा ट्रम्पको गाजा शान्ति योजना अस्वीकार, ‘हमास निःशस्त्र नभएसम्म सेना फिर्ता हुँदैन’
नेतन्याहुद्वारा ट्रम्पको गाजा शान्ति योजना अस्वीकार, ‘हमास निःशस्त्र नभएसम्म सेना फिर्ता हुँदैन’
  • २०७८ श्रावण १५, ०८: ४६

काठमाडौँ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्।...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण १५, ०८: ४६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...