
नयाँ बिकल्प,
बुुटवल । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र समेत रहेका लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन्।
जनता समाजबादी पार्टीको तर्फबाट सांसद भएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पार्टीको निर्देशन र प्रदेश संसदीय दलको ह्वीप विपरित एमालेका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा उभिएपछि उनीहरुलाई पार्टीको सिफारिसमा शुक्रबार पदमुक्त गरिएको हो।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै उनीवहरुलाई पदमुक्त गरिएको हो। यसअघि जसपाको आधिकारिक अध्यक्ष उपेन्द्र यादव कि महन्थ ठाकर भन्ने बिबादकाबीच यादवले गत बैशाख १४ गते सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त गरेका थिए।
तर सर्वोच्च अदालतले जेठ ३ गते आफ्नो पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा सदस्य भएका थिए। सांसद रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट गत असार १८ गते राजीनामा दिएर यादव पक्षमा लागेपछि उनको पद सुरक्षीत भएको छ। बाँकी तीन जनालाई भने बिहीबार मात्र पार्टीको प्रदेश संसदीय दलका नेताले पार्टीबाट पदमुक्त भएको निर्णय प्रदेश संसद सचिवालयमा दर्ता गराएका थिए।
पार्टीको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले जनाएका छन्।
हेर्नुहोस् प्रदेश सभा सचिवालयको सूचना –

काठमाडौँ । काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...