
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले केपी ओलीको पक्षमा वकालत गर्दै आएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ । ओली सरकारका पालामा गठन भएको भूमि आयोग विघटन गर्ने सरकारले निर्णय गरेको छ ।
साथै सरकारले एशियाली विकास बैंकबाट १९ अर्ब ५८ करोड सहुलियत ऋण लिने स्वीकृति प्रदान गरेको छ ।
यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ ।
मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेकी हुन् ।
तर, शाक्यलाई सरकारले बढीमा चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । उनले अहिलेसम्म प्राधिकरणको उपकार्यकारी निर्देशक पदबाट राजीनामा नदिएको प्राधिकरण स्रोतले जनाएको छ ।
प्राधिकरणका पूर्व निर्देशक कुलमान, घिसिङको पुर्ननियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असहमती जनाएकापछि शाक्यलाई प्राधिकरणको कायममुकायम नेतृत्वमा ल्याइएको थियो । वर्तमान देउवा सरकारले शाक्यलाई हटाएर घिसिङलाई ल्याउने तयारी गरेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषदले गरेका विभिन्न ८ वटा निर्णयहरु यस्तो छ :-
-कोभिड भ्याक्सिन एशियाली विकास बैंकको सहयोगमा रेस्पोन्सिभ कोभिड -१९ भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अण्डर द एशिया प्यासिफिक भ्याक्सिन फ्यासिलिटी अन्तरगत प्राप्त १६५ मिलियन अमेरिकी डलर करिब १९ अर्ब ५८ करोड सहुलियपूर्ण ऋण सहायता स्वीकार गर्ने ।
– कोभिड-१९ को अवधिमा स्थानीय प्रशासनबाट जारी निशेध आदेशको अवधि मिति २०७८ बैशाख १६ देखि निषेध आदेश अवधिसम्मको व्यक्तिगत घटना दर्ता विलम्ब शुल्क छुट दिने ।
– राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका देहायका व्यक्तिहरुलाई विभुषण समितिको सदस्यमा तोक्ने क। प्रा श्रीमती भुषण श्रेष्ठ पूर्वउपकुलपति सुदूर पश्चिमाञ्चल विश्वविद्यालय । ख। गोविन्द प्रसाद शर्मा पूर्वरजिष्टार, त्रिभुवन विश्वविद्यालय । ग। मदन दास श्रेष्ठ, कलाकार । घ। कुशप्रसाद मल्मी, उद्यमी, ङ.ओमप्रकाश महतो सुँडी, इञ्जिनियर . नरबहादुर कँडेल, अवकाशप्राप्त रथी
-भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरिएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आचरण विपरीत कार्य गरेकोले निजलाई स्पष्टीकरण सोधिएको छ ।
– शिक्षक सेवा आयोगमा देहाय वमोजिम नियक्ति गर्ने
मधुप्रसाद रेग्मी, अध्यक्ष, काठमाडौं सदस्य डिल्लीराम रिमाल काठमाडौं, नन्दकुमारी महर्जन काठमाडौं ।
– राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने ।
– गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष श्री कृष्ण मुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले दिएको राजीनामा स्वीकृत गरिएको छ ।
– निजामति सेवा ऐन २०४९ को दफा १९ को उपदफा २ को खण्ड (ख) को उपखण्ड २ वमोजिम नेपाल प्रशासन सेवाको समूहीकरण (लष्टर) तर्फ राज पत्रांकित विशिष्ट श्रेणी पदमा बढुवा समितिको मिति २०७८ ÷४÷१२ को सिफारिस अनुसार राज पत्रांकित प्रथम श्रेणीका सहसचिव श्री हरिप्रसाद मैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापना गर्ने ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...