प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न पूर्वआईजीपीहरुको माग – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न पूर्वआईजीपीहरुको माग

नयाँ विकल्प,
काठमाडौं – पन्ध्र जना पूर्वमहानिरीक्षक (आईजीपी) ले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण गर्ने अघिल्लो सरकारको निर्णय खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

राष्ट्रपतिको कार्यालय विस्तार गर्ने सिलसिलामा प्रहरी प्रतिष्ठान स्थानान्तरणको निर्णयबाट त्यसको ऐतिहासिक परिचय मेटिने तथा नेपाल प्रहरीको संस्थागत विकासको महत्त्वपूर्ण आधारशिला एवम् जीवन्त सङ्ग्रहालयको अस्तित्व मासिने भन्दै उनीहरूले निर्णय सच्याउन प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

पूर्व प्रहरी महानिरीक्षकहरु दुर्लभकुमार थापा, मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले पूर्ववर्ती सरकारको निर्णय यथाशीघ्र खारेजीको माग गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय विस्तार गर्न अघिल्लो सरकारले महाराजगञ्जमा रहेको प्रहरी प्रतिष्ठान अन्यत्र स्थानान्तरण गर्ने र त्यसले चर्चेको एक सय १४ रोपनी तीन आना जग्गा राष्ट्रपति कार्यालयको नाममा कायम गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २०, २१: ०९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण २०, २१: ०९

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण २०, २१: ०९

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...