
नयाँ विकल्प,
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अधिवेशन प्रक्रिया तत्काल रोक्न माग गरेको छ ।
बिहीबारदेखि माधव पक्ष केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी एकता नै आफ्नो चाहना भएको बताएका हुन् ।
नेपालले केपी ओली विश्वास गर्न लायक पात्र नरहेको भन्दै ओलीका व्यवहार र अभिव्यक्तिले पार्टी एकताको सम्भावना नरहेको पनि बताएका छन् ।
तर, आफू पक्षधर नेताहरुलाई संयमित अभिव्यक्ति दिन निदेर्शन समेत दिएका छन् ।
१० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेका छन् ।
१० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।
बैठकमा सहभागी केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले माधव नेपाल पार्टी एकताको पक्षमा रहेको भन्दै सरकारमा नजाने कुरा स्पष्टै रहेको बताएका छन् ।
नेता नेपालले सत्ता गठबन्धनप्रति आफ्नो उत्तरदायित्व रहेको भन्दै पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजाने चुनौति रहेको बैठकमा बताएका थिए ।
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...