पार्टीबाट अलग भएकाहरुलाई बीना हिचकिचाहट जसपामा फर्कन अध्यक्ष यादवको आग्रह – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

पार्टीबाट अलग भएकाहरुलाई बीना हिचकिचाहट जसपामा फर्कन अध्यक्ष यादवको आग्रह

नयाँ विकल्प,

काठमाडौं – पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आह्वान गरेका छन् ।

पार्टीका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य साथै पार्टीका विभिन्न तहमा कार्यरत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन अध्यक्ष यादवले बिहिबिार अर्थात आज एक विज्ञप्ति जारी गर्दै आह्वान गरेका हुन् ।

विचलित नहुन आग्रह गर्दै प्रतिगामी शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले जसपा विरुद्ध लागेर फुटाउ र राज गरको नीति अनुरुप सक्रिय रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने कार्यलाई मुर्तरुप दिन गम्भिर रुपले लाग्न जरुरी रहेको विज्ञप्तिमा उल्लेख गर्दै ‘पार्टीका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जसपामा नै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडि बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’ अध्यक्ष यादवले आग्रह गरेका छन् ।


निर्वाचन आयोगले पार्टी बारे आधिकारीकता सम्बन्धी निर्णय गर्नु पूर्व कुनै कारणले पार्टीबाट अलग भएर अलमलमा परेका नेता कार्यकर्तालाई बीना हिचकिचाहट जसपामा फर्कन समेत अध्यक्ष यादवले प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ श्रावण २१, २१: २२

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण २१, २१: २२

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण २१, २१: २२

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...