
नयाँ बिकल्प ।
काठमाडौं । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्ष गीतदेवि तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको साउन २१ गते विहीबार निधन भएको भन्दै गाउँपालिकाले शोक मनाउन आज शुक्रबार गाउँपालिकाका सबै कार्यालय र शैक्षिक संस्थामा विदा दिएको छ।
गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार बिहान एक सूचना जारी गर्दै गाउँपालिका उपाध्यक्ष गौतमका ससुरा बुवाको निधनले गाउँपालिका परिवार नै मर्माहत भएको भन्दै शुक्रबार गाउँपालिकामा शोक विदा दिने निर्णय भएको जनाएका हुन्।
निमित्त प्रशासकिय अधिकृत पोखरेलले गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, गाउँपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवम् गाउँपालिका मातहतका स्वास्थ्य संस्थावाहेकका सबै कार्यालयमा शोक विदा दिने निर्णय गरेको बताएका छन्। यो गाउँपालिकाको कार्यालय मोराहाङ छ। तेह्रथुम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो हो।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतले आफूमा आएको स्थानीय तहको अधिकारको दुरुपयोग कसरी गर्छन भन्ने कुरा आज सार्वजनिक बिदा दिने निर्णय आजै गरेर देखाइदिएका छन्। भौगोलिका विकटताका कारण गाउँपालिका केन्द्र मोराहाङमा आउन कतिपय वडाबाट अझै पनि एक दिन लाग्ने गर्छ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...