प्रहरी महानिरीक्षकको निर्देशन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रहरी महानिरीक्षकको निर्देशन


नयाँ विकल्प

काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिएका। उनले सबै प्रदेश प्रहरी कार्यालयलाई एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई कार्यसम्पादन गर्न आग्रह गरेका छन्।

सङ्गठनको विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०७७ अन्तर्गत गरिएको कार्यसम्पादन सम्झौता अनुरूप प्रहरी कार्यालयका प्रमुखहरूले पूर्ण व्यावसायिकताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा उनको जोड थियो।

प्रहरी प्रधान कार्यालयमार्फत भर्चुलरूपमा आज आयोजित समारोहमा प्रहरी महानिरीक्षक थापाले आर्थिक वर्ष २०७८/०७९ को लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडियो कन्फ्रेन्समार्फत् सातै प्रदेशका प्रहरी प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो निर्देशन दिएका हुन्।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीले पेशागत, व्यावसायिक, नैतिक आचरण र व्यवहारलाई आधार मानेर कार्यसम्पादनमा जुट्न निर्देशन दिए। वार्षिक कार्यसम्पादन सम्झौता अनुरूप गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष अपराध रोकथाममा उल्लेखनीय प्रगति हासिल भएको चर्चा गरे।

गत आर्थिक वर्षको अपराध तथ्याङ्क विश्लेषण गरी सोही अनुरूप आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जघन्य अपराधप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण २३, ०७: २९

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण २३, ०७: २९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २३, ०७: २९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...