लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार

नयाँ विकल्प

काठमाडौं- सर्वोच्च अदालत प्रशासनले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकर ९दरपीठ० गरेको छ।

अधिवक्ता प्रवेश केसीले आइतबार प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस गरेको रिट निवेदनलाई सम्बन्धित पक्ष नआएका कारण र हकदैया नपुग्ने उल्लेख गर्दै दर्ता अस्वीकार गरेको हो।

प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदन दिएपछि प्रदेश प्रमुख शेरचनले यही २७ साउनमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए।

सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २५, ०७: ३२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण २५, ०७: ३२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण २५, ०७: ३२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...