
नयाँ विकल्प
काठमाडौं- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दर्ता भएको छ।
लुम्बिनी प्रदेशसभाको एमाले संसदीय दलका तर्फबाट पूर्वमन्त्री एवं एमाले प्रदेश अध्यक्ष लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्।
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शङ्कर पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव तेस्रो पटक दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए। त्यही माग अनुसार प्रदेश प्रमुख शेरचनले यही साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।
सरकारसँगको छलफल र सहमति बिना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै त्यसलाई रोक्न माग गर्दै अध्यक्ष गिरीले सर्वोच्चमा रिट दर्ता गराएको बताइएको छ।
यसअघि आइतबार अधिवक्ता प्रवेश केसीले सोही मागमा रिट निवेदन ल्याउँदा सम्बन्धित पक्ष नआएका कारण र हकदैया नपुग्ने उल्लेख गर्दै दर्ता अस्वीकार गरेको थियो।
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...