लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा


नयाँ विकल्प

काठमाडौं- लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। नैतिकताको आधारमा आफूले राजीनामा दिएको पाण्डेयको भनाइ छ।

उनले सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

गत वैशाखमा मन्त्री बनेका पाण्डेयसहित विजय यादव र कल्पना पाण्डेयलाई जसपाले सरकारबाट फिर्ता हुन नमानेपछि कारबाही गर्दै सांसद पदबाट हटाएको थियो।

उक्त निर्णयविरुद्ध तीनै जना अदालत गएका थिए। तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ श्रावण २७, ०७: ३८

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण २७, ०७: ३८

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण २७, ०७: ३८

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...