मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपतिको गाडी तोडफोडः विद्यार्थी गिरफ्तार र घाइते – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper
उपकुलपति सिंहको बर्खास्त र पीए शाहीलाई गिरफ्तार नगरे आन्दोलन चर्कने नेविसंघको चेतावनी

मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपतिको गाडी तोडफोडः विद्यार्थी गिरफ्तार र घाइते


नयाँ बिकल्प ।
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (मपविवि) केन्द्रीय क्याम्पस सुर्खेतमा आन्दोलनरत विद्यार्थीहरुले उपकुलपति प्राडा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही विद्यार्थी घाइते भएका छन्।

उता नेपाल विद्यार्थी संघले भने मपविविमा भएको व्यथितिबिरुद्ध आन्दोलनरत विद्यार्थीमाथि प्रहरी र उपकुलपतिका भाडाका गुण्डाले विद्यार्थी नेतालाई घाईते बनाउने र गिरफ्तार गर्ने भन्दै उपकूलपति सिंहको राजिनामा मागेका छन्।

नेविसंघ अध्यक्ष राजिप ढुंगानाले प्रहरीले विद्यार्थी नेताहरु रोशन बस्नेत, गोविन्द सिजापती, तेजबहाददुर बम, रोसन मिश्र, सनदेश थापा, केशव खड्का, भूपेन्द्र बम र दिपेन्द्र जंग शाहीलाई पक्राउ गरेको भन्दै उनीहरुको तत्काल रिहाईको माग गरेका छन्।

नेविसंघले उपकुलपतिका स्वकिय सचिव (पीए) समिर शाहीको नेतृत्वमा उपकुलपतिले मगाएका भाडाका गुण्डाद्धारा आक्रमण गर्दा स्ववियू सभापति झक्कबहादुर शाही, विद्यार्थी नेता राज पौडेल गम्भीर घाइते भएको दाबी गरेको छ । उनले समिर शाहीलाई पक्राउ गर्न र भाडाका गुण्डा ल्याउने उपकुलपतिलाई तत्काल बर्खास्त गर्न सरकारसँग जोडदार माग गरेका छन्।

घाइतेको उपचार गर्न, गुण्डागर्दीमा संलग्नलाई पक्राउ गरी कानूनी कारबाही गर्न र उपकुलसपतिलाई कारबाही गर्न ढिलाई भए नेविसंघले आन्दोलनको आँधीवेहरी सृजना गर्ने चेतावनी समेत दिएको छ।

यता विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा मंगलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला पार्किङ गरी राखेको गाडी तोडफोड गरेको विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले दाबी गरे।

विश्वविद्यालयको समस्या समाधान गर्न भन्दै बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी भइरहेको बेला आफूलाई आक्रमण गरेको र प्रहरीले स्कर्टिङ गरेर सुरक्षित रुपमा निवासमा लगेको उपकुलपति सिंहले बताए।

हिँजो भएको झडपमा मध्यपश्चिम विश्वविद्यालय अखिल क्रान्तिकारीका संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत घाइते भएका थिए।

विश्वविद्यालयमा चार विद्यार्थी संगठन अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्नेलगायतका माग राखेर आन्दोलित छन्।

विद्यार्थीसँग छलफल र बैठक नगर्ने तर प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्री नमान्ने भन्दै उपकूलपति सिंहले सार्वजनिक अभिव्यक्तिमार्फत राजनीतिक पूर्वाग्रहको शैली देखाएपछि विद्यार्थीहरु उनीसँग निकै आक्रोसित बनेका थिए।

नेविसंघकाे प्रेस विज्ञप्ति –

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७८ श्रावण २७, १३: १९

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७८ श्रावण २७, १३: १९

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७८ श्रावण २७, १३: १९

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...