लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलले अल्पमतमा पर्ने थाहा पाएपछि दिए राजिनामा – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper
ओलीका अर्का सारथीको सत्ता वहिर्गमन

लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलले अल्पमतमा पर्ने थाहा पाएपछि दिए राजिनामा


नयाँ विकल्प ।

बुटबल । दुई पटकसम्म संघीय संसदको प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू अल्पमतमा पर्ने निश्चित भए पछि अन्ततः बुधबार पदबाट राजीनामा दिएका छन्।

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै बुधबार उनले पदबाट राजीनामा दिएका हुन््। पोख्रेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका हुन्।


उनीविरुद्ध कांग्रेस, माओवादी, जसपालगायतको गठबन्धनले अविश्वासको प्रस्ताव पेश गरिसकेका छन्। सो प्रस्ताव आज नै निर्णयार्थ प्रस्तुत गर्ने तयारी प्रदेश सभा सचिवालयको तयारी छ।

यसअघि पूर्वप्रधानमन्त्री तथा एमालो अध्यक्ष केपी शर्मा ओली निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध विपक्षी कांग्रेस, माओबादी केन्द्र, जनमोर्चा र जसपाका सांसद अविश्वासका प्रस्ताव पेश गरेपछि पदबाट राजिनामा दिएका थिए।

उनले पदबाट राजिनामा दिनुअघि बुधबार बिहान बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव र राजीनामाको विषयमा छलफल गरेको थियो। एमालेले सभा बैठक बहिस्कार गर्ने संकेत प्रमुख सचेतक भूमिश्वर ढकालले दिएका छन्।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक भूमिश्वर ढकालले विशेष अधिवेशन चल्न दिने र नदिने बारेको सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिइएको बताए। प्रदेश प्रमुख र प्रदेश सभाले विधि र प्रक्रियाविपरीत संसद अधिवेशन आह्वान गरेको आरोप लगाउँदै ढकालले परामर्श समितिको बैठकपछि निर्णय गरिने बताएका छन्।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०७८ श्रावण २७, १३: ३८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७८ श्रावण २७, १३: ३८

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०७८ श्रावण २७, १३: ३८

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...