
नयाँ विकल्प ।
काठमाडौं । नेपालमा कोरोनाका ३,४८१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस व्रिफिङमा १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाका ३० जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन्।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ भने ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन्। जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन्।
यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका छन्।
कुन जिल्लामा कमति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६६३, झापामा २२०, कास्कीमा २१६, ललितपुरमा १९२, मोरङमा १५३, भक्तपुरमा १०९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै सुनसरी र चितवनमा ८०र८० जना, दोलखामा ७७, रुपन्देहीमा ७०, लागलुङमा ६७, नवलपरासी पूर्वमा ६१, नुवाकोटमा ५०, सिन्धुपाल्चोक र बर्दियामा ४४र४४ जना, दाङमा ४२ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...