काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । पार्टी संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले पार्टीको अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
नेता राजेन्द्र महतोको प्रस्तावमा अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेतामा सर्वसम्मतिले चयन गरिएको पार्र्टीका नेता राजकिशोर यादवले जानकारी दिए । उनले दलको नेता चयनसँगै राष्ट्रिय जनता पार्टीभित्र विवाद रहेको भन्ने आरोप सत्य नभएको पुष्टि भएको दावी गरे ।
राष्ट्रिय जनता पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता महन्थ ठाकुरले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । दलको नेता चयन भएपछि उनले पार्टीका सांसदहरूबीच संसदमा दलको भूमिकालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने र सरकारको कामलाई गुण र दोषको आधारमा विश्लेषण गरेर जाने दलका नवनिर्वाचित नेता ठाकुरले बैठकमा प्रतिवद्धता व्यक्त गरे पनि नेता यादवले जानकारी दिए । राजपाले आफूहरू मधेशको मात्रै नभई सिँगै मुलुकका जनताको पक्षमा लागिपर्ने पार्टी भएको पनि दावी गरेको छ ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...