झरीमा बाटो बनाउने भन्दै १० अर्ब स्वाहा ! – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

झरीमा बाटो बनाउने भन्दै १० अर्ब स्वाहा !

काठमाडौ । चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारले १० खर्ब ११ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७४÷७५ भित्र सरकारले १२ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ७९।१ प्रतिशत मात्र खर्च गर्न सकेको हो ।

अर्थ मन्त्रालय महालेखा नियन्त्रण कार्यालयको तथ्यौक अनुसार अझै २ खर्ब ६८ अर्ब रुपैयाँ खर्च हुन बाँकी नै छ । यदि सरकारले लक्ष्य अनुसार गर्ने हो भने ६७ अर्ब १६ लाख रुपैयाँ दैनिक खर्च गर्नु पर्ने देखिन्छ ।

यद्यपि गएको हप्ताको तथ्याङ्क अनुसार सरकारले असारे खर्च गरिरहँदा पनि दैनिक १ अर्ब ५३ करोड रुपैयाँदेखि ११ अर्ब ८९ करोड रुपैयाँसम्म मात्रै खर्च गर्न सेकेको देखिएको छ ।

असार २९ गतेसम्मको तथ्याङ्कअनुसार चालु खर्च ८ खर्ब ३ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ६ खर्ब ८५ अर्ब रुपैयाँ खर्च भएको छ । त्यस्तै विकास कार्यका लागि पूँजीगततर्फ ३ खर्ब ३५ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा २ खर्ब १८ अर्ब रुपैयाँ खर्च भएको छ । वित्तिय व्यवस्थापनको लागि १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेकोमा १ खर्ब ७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

तथ्याङ्क अनुसार चालुतर्फ अहिलेसम्म विकास कार्यका लागि पुँजीगततर्फ २० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ७५ प्रतिशत मात्रै खर्च भएको छ ।

आर्थिक वर्षको अन्त्यतिर बजेट बढी निकास हुने र असारे विकासको रुपमा जथाभावि खर्च गरेर सिध्याउने प्रवृत्ति विगत वर्षहरु जस्तै दोहोरिएको छ । छुट्याएको बजेट खर्च गर्न हिउँदे बजेट भाषण तथा निकासी गरेपनि ढुलासुस्ती प्रवृति सुधार हुन सकेको देखिदैन ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७५ असार ३२, ०९: ११

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७५ असार ३२, ०९: ११

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७५ असार ३२, ०९: ११

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...