बिद्यार्थी छैनन् तर कोटा थपिँदैछन् – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

बिद्यार्थी छैनन् तर कोटा थपिँदैछन्

प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी नेकपा र उनी नेतृत्वको सरकारका मन्त्रीहरुको मेडिकल शिक्षा सम्वन्धी दाबी हावादारी प्रमाणित भएको छ । नेकपामा नेता कार्यकर्ता र सरकारका केही व्यक्तिहरु यतिवेला डा. गोविन्द केसीको बिरुद्धमा न्वारानदेखिको बल निकालेर बिरोध गर्ने नाममा तथानाम बोल्न थालेका छन् ।

नेपालमा मेडिकल कलेज कम भएका कारण नेपालीहरु बिदेश पढ्न बाध्य भएको भनेर गर्ने उनीहरुको दाबी झुटो भएको छ । नेकपाका नेता, कार्यकर्ता र सरकारका मन्त्रीले नेपालमा मेडिकल कलेज कम भएर डाक्टर पढ्ने बिद्यार्र्थी विदेश गए भन्नु यथार्थ नभएको देखिएको छ । तथ्य हेर्दा नेपालको मेडिकल कलेजमा बिद्यार्थी पढ्न नगएर खाली छ ।

किन खाली भन्दा, मेडिकल कलेज महँगो हुनुका साथै गुणस्तर नभएर हो । सरकारमा बसेका मन्त्रीहरु तथा प्रधानमन्त्रीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्र माफियाको हातमा दिएर ध्वस्त पार्ने अनि आफ्नो र आफ्नाको उपचार गर्नु पर्यो भने राज्यको करोडौ बोकेर बंैकक र सिंगापुर जाने गरेका छन् ।

सरकारको अब यो खाली सिटहरुमा चाँही नेकपाका ति सांसदहरुलाई भर्ना गर्नु पर्छ भनेर हो वा के हो अहिले सदनमा काठमाडौँमा मेडिकल कलेज जति पनि खोल्न पाउनु पर्छ भन्दै डा.गोबिन्द केसीलाई गाली गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयमा गएर मेरो जिल्लाको हेल्थ पोष्ट र हस्पिटलमा किन डाक्टर छैन भन्दै धर्ना दिन पछि नपर्ने सांसदको घैंटोमा कहिले घाम लाग्ने होला ? नेकपाका सबै सांसद डाक्टर भएपछि बिना डाक्टरको जिल्लाको समस्या समाधान भै हाल्ने हो र ?

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ असार ३२, ०९: १४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७५ असार ३२, ०९: १४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७५ असार ३२, ०९: १४

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...