कमजोर २३ नगरमा अर्थमन्त्रीकै गृहनगर – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

कमजोर २३ नगरमा अर्थमन्त्रीकै गृहनगर

काठमाडौं । संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालयको सर्बेक्षणले २३ भूमिका बिहिन र कमजोर नगरपालिकामध्ये गौरादह पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने चार स्थानीय तहमध्ये एक र अर्थमन्त्री डा. युवराज खतिवडा र प्रदेश एकका गृह मन्त्री हिक्मत कार्कीको गृह नगर गौरादह नगरपालिकाको बिधिको शासन, कार्यविधि, नगरपालिकाले चौमासिक शीर्षक अन्तरगत विवरण आदिको आधारमा गौरादह मुलुककै कमजोर नगरभित्रमा परेको हो ।

संघीय अर्थमन्त्रालय, प्रदेश अर्थमन्त्रालय र राष्ट्रिय बित्त आयोगमा समयमै पठाउन नसक्दा गौरादह नगरपालिका पनि नेपालकै २३ भूमिकाबिहिन नगर मध्ये एक कमजोर नगरपालिका बन्न पुगेको तथ्य संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालयको सर्बेक्षणले देखाएको छ ।

अव्यवस्थित कार्यप्रकृया र अपारदर्शी सूचनाका कारण नगर तथा वडा बाट सञ्चालित विभिन्न किसिमका कार्यक्रम नगरबासीले थाहासम्म पाउदैनन् । आफ्ना सिमित ब्यक्तिलाइ जानकारी गोप्यरुपमा दिने र उनीहरुलाई सामेल गराएर बजेट सिध्याउने धाउन्नमा प्राय वडाहरु लागेको देखिदै आएको छ । कार्यालय समय र अनुगमन समयबारे स्पष्ट नहुँदा नगरपालिकाबाट कर्मचारी र प्रतिनिधि योजना अनुगमनमा जादा हप्ताको ३ दिनसम्म कुनै पनि काम नभएर सेवाग्राहीहरुले दुःख पाएको गुनासो आउने गरेको पाइन्छ । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु बीच समन्वयको अभाबले हरेक काममा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

गैरकानुनी ढङ्गबाट शिक्षा शाखा प्रमुखलाई हटाएकोले हालसम्म त्यस शाखाको नियमित कार्य अझैसम्म पनि प्रभाबित रहेको पाइएको छ । सार्बजनिक सेवाप्रवाहलाई पारदर्शी र जबाफमूखी बनाउन सार्बजनिक सुनुवाइ जस्ता कार्यक्रम नगरले आयोजना गर्नेगरेको पाइदैन । नगरभित्रका गौरबका आयोजना जस्तै ऐतिहासिक पोखरीलाई पर्यटकीयस्थल बनाउने योजनाको बिनियोजित रकम १ करोड कार्य सुचारु नभई फ्रिज हुनु र नेपाल सरकारबाट स्वीकृत प्राप्त १५ सैयाको प्रसुतीगृह सहितको अस्पताल निर्माण कार्य प्रकृयामै हराउनु नगरको कार्यशैलीप्रति आमनगरबासीले विश्वास गुमाउने प्रमुख आधारहरु हुन् ।

नगरले सञ्चालनमा ल्याएको आईटी सेन्टरबाट नगरका कार्यक्रम ठेक्का टेन्डर तथा वडा स्तरिय कार्यक्रमहरुको जानकारी आएको पाइदैन । सूचनाको हक बाट आम नगरबासीहरु उपेक्षित भएका छन । अर्कोतर्फ उपभोक्ता समिति र निर्माण व्यावसायीहरुमार्फत गरिएका योजनाहरु सम्पन्न भएको महिनौ दिन सम्मपनि भुक्तानी नपाएर हैरान भएको दुखेसो यत्र तत्र आउनेगरेको पाइन्छ ।

उपभोक्ता हकहितको सबालमा नगरभित्र खुल्ला रुपमा तथा कम गुणस्तरीय उपभोग्य सामग्री बिक्रीवितरण हँुदै गरेकोले मानवीय स्वास्थ्यमा दिनानुदिन त्यसले गम्भीर असर पार्दै आएको छ, त्यसलाइ नगरले नियन्त्रण गर्न सकेको छैन । निर्माणकार्य तथा सामग्री खरिद ठेक्कामा सिलबन्दी बोलपत्र आब्हान गर्नु साथै सार्बजनिक मोलमोलाइ गर्नेकार्य आजसम्म गर्नेगरेको पाईंदैन । तसर्थ यस्ता गम्भीर त्रुटि गर्दै जाने र जनतालाइ गुमराहमा पार्दै जाँदा नगरपालिकाको साख आफै गुम्दै जाने पक्कापक्की छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ असार ३२, ०९: १६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ असार ३२, ०९: १६

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ असार ३२, ०९: १६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...