प्रधानमन्त्री ओली पार्टी कार्यालय कि प्रम कार्यालय झुक्किए – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

प्रधानमन्त्री ओली पार्टी कार्यालय कि प्रम कार्यालय झुक्किए

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राज्यका स्रोत साधनको दुरुपयोगको सीमा यति धेरै नाघेका छन् कि पार्टी अध्यक्षबीच चिया गफ, गुट मिटिङदेखि पार्टीका हरेक तहको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गर्ने गरिएको छ । चिया बिस्कुट, खाजा, खाना र भोज भतेर पनि बालुवाटारमा दैनिक पाक्ने गर्छ । त्यस्तो भात भान्सा कुनै चाड पर्व, कार्यक्रम वा विशेष भेटघाटको लागि नभएर नेकपा भन्ने पार्टीको बैठकको लागि पाक्ने गरेको हो ।

तीन सदस्यीय परिवार भएका ओलीले प्रधानमन्त्री निवासमा सयौंलाई दैनिक भतेर आयोजना गर्नु त कतिपयलाई अस्वभाविक नभए पनि प्रधानमन्त्री कार्यालय, सरकारी छाप र कागजात नै यतिवेला दुरुपयोग हुन थालेको छ । सर्बसाधरण नेपाली नागरिकलाई भए यतिवेला प्रहरीले सरकारी कागजाद दुरुपयोगको अभियोगमा हत्कडी लगाई सक्थ्यो होला तर हाम्रो देशका दुई तिहाई बहुमतका प्रधानमन्त्री र उनका सलह जस्ता दुई दर्जन सहयोगीले त्यसको दुरुपयोग गरेका छन् ।

प्रधानमन्त्री ओलीले हस्ताक्षर गरी शुक्रबार पार्टीको तर्फबाट निकालेको प्रेस विज्ञप्तीमा हाम्रो पार्टीका नेता, पूर्वसभासद् भन्दै भूतपूर्व सभासद् मोहम्मद मुस्ताक आलमको निधनमा विज्ञप्ती जारी गरिएको छ । त्यो जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीको हस्ताक्षर मात्र होइन, प्रधानमन्त्रीको लेटरप्याड समेत प्रयोग गरिएको छ । अन्य देशमा वा नेपालमा पनि कानुनको नजरमा सबै बराबर भन्ने मान्यता लागू गर्ने हो भने प्रधानमन्त्री ओली वा उनका सहयोगीशरुले तत्काल पद छोड्नुपर्ने हो ।

होइन भने प्रधानमन्त्री कार्यालयबाट जारी भएको प्रेस विज्ञप्ती हेर्नुस त –‘तस्वीर आफै बोल्छ’ । त्यहाँ हाम्रो पार्टी नेकपामा पूर्व सांसद भनिएको छ तर लेटर प्याड भने प्रधानमन्त्रीको छ । प्रधानमन्त्रीज्यू प्रधानमन्त्रीको लेटर प्याड पार्टीको बिज्ञप्ती निकाल्ने अभ्यास साम्यवादको लागि हो वा लोकतन्त्रकै लागि । चीनमा जस्तो प्रधानमन्त्री नै पार्टी प्रमुख हुने संवैधानिक व्यवस्था नरहेको अवस्थामा यस्तो गम्भिर त्रुटिको लागि माफी माग्नु पर्ने होइन र ?

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ असार ३२, ०९: १९

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ असार ३२, ०९: १९

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ असार ३२, ०९: १९

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...