नयाँदिल्ली – एक नेपाली युवाले भारतको राजधानी नयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानवअधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् ।
कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ । मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो । दीग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ ।
भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्या यएवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए । सामाजिक तथा मानवअधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...