बालुवा सङ्कलनको अनुमति पाएपछि मजदुर खुशी – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

बालुवा सङ्कलनको अनुमति पाएपछि मजदुर खुशी

नयाँ विकल्प

सिन्धुपाल्चोक- सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन्। उक्त माग राख्दै वडाध्यक्ष, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र मजदुरको संयुक्त टोलीले बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा सावेल प्रयोग गरेर मजदुरले नदीजन्य पदार्थ उत्खनन गर्न पाउनुपर्ने र वडा नं १३ बाट उठेको करको २५ प्रतिशत रकम सोही वडाको विकास निर्माणमा खर्च गर्नुपर्ने माग रहेको आन्दोलनका अगुवा शिवराम दङ्गालले बताए।

एस्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न दिइएको तर मजदुरले सावेल प्रयोग गरेर बालुवा झिक्दा नगरपालिकाबाट अवरोध गरिनु तर्कसङ्गत नरहेको भन्दै मजदुरले नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अमृतकुमार धितालसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझ्दै धितालले मेसिन चलाउन रोक लगाइएको तर सावेल चलाएर बालुवा सङ्कलन गर्न सकिने जानकारी दिएको दङ्गालको भनाइ छ।

उहाँले बाँकी केही निर्णय कार्यपालिका बैठकबाट गर्ने भनेर तत्कालका लागि प्राविधिकको सिफारिसमा वडाभित्र कुनै पनि मेसिन चलाउन नपाइने र सावेल प्रयोग गरेर बालुवा झिक्न दिने मौखिक जानकारी दिइएको बताए।

नगरपालिकाले सावेल प्रयोग गरेर बालुवा सङ्कलन गर्न दिने निर्णय गरेपछि यही पेशाबाट रोजीरोटी गर्दै आएका आदिवासी माझी तथा दनुवार समुदायका मजदुरले खुशी व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०७८ भाद्र ४, ०९: ३५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७८ भाद्र ४, ०९: ३५

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०७८ भाद्र ४, ०९: ३५

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...