
नयाँ विकल्प,
काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक दिउँसाे ३ बजेका लागि बोलाइएको हो।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको छ। एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषय बैठकमा छलफल हुने बताइएको छ।
माधवकुमार नेपालको नयाँ पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न सोमबारसम्म अल्टिमेटम दिएका थिए। एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका नौ जना स्थायी कमिटी सदस्यहरूसँग सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...