क्रियाशील सदस्यताको काम सकेर मात्र अधिवेशन गर्न सुझाव – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

क्रियाशील सदस्यताको काम सकेर मात्र अधिवेशन गर्न सुझाव

नयाँ विकल्प,

काठमाडौं- नेपाली कांग्रेसका नेताले पार्टीको क्रियाशील सदस्यताको सम्पूर्ण काम सम्पन्न गरेर मात्र अधिवेशन प्रक्रिया सुरुआत गर्दा उपयुक्त हुने सुझाव दिएका छन्।

पार्टीको संस्थापनइतर पक्षका शीर्ष नेताहरुको आज ठमेलको चाक्सिबारीमा भएको बैठकले क्रियाशील सदस्यताको काम चाँडै सक्नुपर्ने, जिल्लामा फरकफरक मितिमा नभइ देशभर एकैपटक अधिवेशन प्रक्रिया सुरु गर्नुपर्नेलगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

बैठकले जिल्ला सभापतिको मागप्रति ऐक्यबद्धता जनाएको छलफल सहभागी नेता बलबहादुर केसीले जानकारी दिए।

कांग्रेसका केही जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गर्दै केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि धर्ना सुरु गरेका छन्।

पार्टीको केन्द्रीय निर्वाचन समितिका केही पदाधिकारीसहितको बैठकमा क्रियाशील सदस्यता, अधिवेशन तालिका, जिल्ला सभापतिका मागलगायतका विषयमा छलफल भएको उनले बताए।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, दीलेन्द्रप्रसाद बडू, डा मीनेन्द्र रिजाल, केसी, शेखर कोइरालालगायत उपस्थित थिए।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ९, १३: ५०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ भाद्र ९, १३: ५०

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ भाद्र ९, १३: ५०

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...