
नयाँ विकल्प,
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले असन्तुष्टि जनाएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगको विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘म बाहिरिएँ, राजनीतिलाई काम गर्न दिनुहोस् ।’
राखेपलाई बुधबार प्रतिवदन बुझाउँदै समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई विवाद सिर्जना हुने गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको थियो ।
लगत्तै फेसबुकमा अल्मुताइरीले नेपाल छाड्ने संकेत गरेका हुन् ।
प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले बानी सुधार गर्नुपर्नेसहित ११ बुँदे सुझाव दिइएको छ ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणापछि एन्फा विवाद बाहिर आएको थियो ।
राखेपको प्रतिवेदनमा अल्मुताइरीकै आचरणमाथि प्रश्न उठाइएको छ ।

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...