काबुल हमलाको पछाडि जो सुकै होस्, हामी छोड्ने छैनौंः बाइडेन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

काबुल हमलाको पछाडि जो सुकै होस्, हामी छोड्ने छैनौंः बाइडेन

नयाँ विकल्प

काठमाडौं- अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको छ।

चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडेनले हमलाकारीलाई नछाड्ने चेतावनी दिएका छन्।

पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो।

बाइडेनले भनेका छन्, ‘यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छौं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ। हामी माफ गर्ने छैनौं।’

अमेरिकीलाई आफ्नो काममा आतंकवादीले रोक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन्। मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए।

बिबिसीका अनुसार काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको छ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र ११, ०८: २८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र ११, ०८: २८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ भाद्र ११, ०८: २८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...