
नयाँ विकल्प,
काठमाडौं- मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
शनिबार बिहान सातवटै प्रदेशका केही-केही स्थानमा वर्षा भइरहेको छ। शनिबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारीरधेरै भारी र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीरधेरै भारी वर्षाको आँकलन गरिएको छ। राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।
सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एक/दुई स्थानमा भारीरधेरै भारी सम्भावना छ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...