
काठमाडौं । क्रियाशिल सदस्यहरुको सबै नाम सार्वजनिक गर्नु पर्ने माग राख्दै आएका नेपाली कांग्रेसका अधिकांस जिल्ला सभापतिहरुले आफ्नो माग पुरा नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा जारि रिले अनसनलाई निरन्तरता दिने भएका छन्।
पार्टीको १४औं महाधिवेशनको प्रारम्भ अर्को साता भदौ १८ गतेदेखि वडा अधिवेशनबाट गर्ने पार्टी केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णय कार्यान्वयनका लागि क्रियाशिल सदस्यताको नाम वेभसाइटमा सार्वजनिक गर्न माग गर्दै आएका सभापतिहरुको माग आज साँझसम्म पुरा गर्ने सहमति भएको थियो।
पार्टी नेता रामचन्द्र पौडेलसँग शुक्रबार साँझ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटमा जिल्ला सभापतिहरुको माग बमोजिम आज साँझसम्म सबै जिल्लाको क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गर्न सभापति तयार रहेको भन्दै अनसन आजै तोड्ने सहमति भएको थियो।
सभापति देउवा र पौडेलबीच भएको सहमति अनुरुप आज साँझ ५ बजेसम्म पनि सबै जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक नभएको भन्दै अहिलेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीका जिल्ला सभापतिहरु पुनः रिले अनसनमा बसेका हुन्।
यसअघि, नेता रामचन्द्र पौडेलपक्षका नेताहरुको शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन केन्द्रित हुँदै महाधिवेशनमा एकजुट भएर लाग्न सबैमा औंपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको थियो।
आजबाट रिले अनसनमा जिल्ला सभापतिहरु काठमाडौंका सबुज –कृष्ण) वानियाँ, संखुवासभाका दिपनकुमार श्रेष्ठ, उदयपुरका बिदुरवावु बस्नेत, ओखलढुंगाकी पूर्वसभापति गोमा केसी र नेविसंघकी पूर्वमहामन्त्री प्रतिमा गौतम बसेका छन्।
पार्टीको निर्वाचन समितिले शुक्रबार पठाएको ३८ जिल्लाका निर्वाचन अधिकृतसँगै क्रियाशिल सदस्यताको नामावलीमा गम्भीर त्रुटि भएको पार्टीको संस्थापनइत्तर पक्षले गुनासो गरेको छ। रुकुम पूर्वका जिल्ला सभापति केशरमान रोक्काको नाम नै क्रियाशिल सदस्यताबाट हटाइएको भेटिएको छ। त्यस्तै, महोत्तरी जिल्लामा ७० वटा नाम क्रियाशिल सदस्यतामा सद्धर गरिए पनि अन्यको हटाएर ३० जनाको मात्र राखिएको गुनासो गरिएको छ।

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...