अमेरिकी सैनिकले अफगानिस्तान छाड्न थाले – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

अमेरिकी सैनिकले अफगानिस्तान छाड्न थाले

नयाँ विकल्प,

काठमाडौं- पूर्वघोषित योजना अनुसार अमेरिकी सैनिक अफगानिस्तान छाड्न थालेका छन्।

तोकिएको समयसी अगस्ट ३१ नजिकिँदै जाँदा अमेरिकी सेना स्वदेश फिर्ता हुन थालेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले जानकारी दिए।

काबुलस्थित विमानस्थलबाट आफ्ना सेना फर्किन थालिसकेको जानकारी दिएका उनले हालसम्म के कति संख्यामा स्वदेश फर्किए भनेर बताएनन्। उनले निश्चित समयसीमा भित्र अफगानिस्तानबाट सबै सेना फिर्ता गराउने प्रयास भइरहेको बताए।

अमेरिकाले काबुलबाट आफ्ना झण्डै एक लाख १२ हजार नागरिकको उद्धार गरेको छ। तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका हुन्।

गत बिहीबार मात्र काबुलस्थित विमानस्थल नजिकै बम विस्फोट भएको थियो। त्यसको भोलिपल्ट अमेरिकाले ड्रोन आक्रमण गरेको थियो।

अमेरिकी सेनाका मेजर जनरल विलियम टेलरले ड्रोन हमलामा आईएसआईएसका दुई आतंककारी मारिएको र एकजना घाइते भएको बताएका छन्।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र १३, ०८: ०७

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ भाद्र १३, ०८: ०७

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ भाद्र १३, ०८: ०७

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...