
नयाँ विकल्प,
काठमाडौं- साहित्यकार एवं प्राध्यापक आनन्ददेव भट्टको निधन भएको छ। उनी प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए।
भट्टको ८५ वर्षको उमेर निधन भएको छ। सोमबार बिहान साढे ७ बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए। उनी विगत चार/पाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए।
प्रगतिशील लेखक संघका पूर्व अध्यक्षसमेत रहेका भट्टका अढाइ दर्जनजति कृति प्रकाशित छन्। वि.सं. १९९० सालमा बैतडीमा जन्मिएका भट्टले नेपालको बामपन्थी कम्युनिष्ट आन्दोलनमासमेत ठूलो गोगदान पुर्याएका छन्।
भट्टको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अत्यष्टि गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ। उनका श्रीमती, दुई छोरा र छोरी छन्।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...