विवादित प्रसाईंविरुद्ध संसदमा कारवाहीको प्रस्ताव – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

विवादित प्रसाईंविरुद्ध संसदमा कारवाहीको प्रस्ताव

काठमाडौ । बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली छात्राहरूको चरित्रहत्या गर्ने गरी अभिव्यक्ति दिने झापाको वीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंमाथि कारवाही माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

नेपाली महिलाहरूको इज्जत र प्रतिष्ठामाथि गम्भीर चोट पु¥याएको र दशकौं पुरानो मित्रराष्ट्र बंगलादेशसँगको सम्बन्धमा आँच पु¥याएको भन्दै कानूनबमोजिम कारवाही माग गरिएको छ । प्रस्ताव दर्ता गर्नेमा कांग्रेसका डिला संग्रौला र यसको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइएको हो ।

प्रसाईं प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै निवासमा खाना खुवाएर चर्चामा आएका हुन् । उनले ओली र प्रचण्डलाई मार्सी धानको भात खुवाएको भन्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि चर्चामा आएका थिए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ श्रावण १४, ०७: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ श्रावण १४, ०७: ३२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ श्रावण १४, ०७: ३२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...