
नयाँ विकल्प,
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले ५६ जिल्लामा वडा अधिवेशन भइरहेको छ। धेरै जिल्लामा वडा अधिवेशन सर्वसम्मत भएका छन्। केहीमा भने निर्वाचनमार्फत वडा कमिटी चुनिएका छन्।
७७ जिल्लामध्ये २१ जिल्लामा भने कांग्रेसको वडा अधिवेशन तत्काल नहुने भएको छ। नेपाली कांग्रेसले २३ भदौभित्र वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि निर्वाचित छान्ने र २७ भदौमा पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
तर, २१ जिल्लामा क्रियाशील विवाद टुंग्याउन बाँकी रहेकाले ती जिल्लामा वडा र पालिका अधिवेशन दुवै प्रभावित बन्ने भएको हो।
विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल, सुनिलबहादुर थापा राप्रपा र अखण्ड नेपाल पार्टीबाट आएकाहरूको क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन नहुने निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।
‘लोकतान्त्रिक फोरम अहिले पहिले पठाएको नाम र अहिले क्रियाशील सदस्यता नवीकरण गर्दा पठाएका नामको छानबिन हुँदैछ। जसले गर्दा विवाद टुंगो लगाउन केही समय लाग्ने भएकाले २३ भदौभित्र २१ जिल्लामा वडा अधिवेशन सम्भव छैन,’ यादवले भने।
खासगरी प्रदेश १ र २ मा क्रियाशील विवाद टुंगिन बाँकी भएको उनले बताए।
‘आजै विवाद टुंग्याए पनि निर्वाचन अधिकृत तोक्न र जिल्ला जिल्ला पठाउन, चुनावी सामग्री छपाइ गर्न पनि सम्भव छैन, त्यसैले २१ जिल्लामा २७ भदौमा हुने पालिका अधिवेशनसमेत हुने सम्भावना छैन,’ यादवले भने।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...