सरकारले भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

सरकारले भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी

नयाँ विकल्प,

काठमाडौं- आज मंगलबार निजामती कर्मचारी दिवस मनाउँदैछ । तर, सरकारले यो पटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेन।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ४० जनालाई निजामती पुरस्कृत गर्ने घोषणा गरे पनि सर्वोत्कृष्ट कर्मचारीको नाम उल्लेख छैन।

निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ। उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ।

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ। निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ।

सर्वोत्कृष्टलाई दुई लाख रुपैयाँको पुरस्कार राशी भए पनि छनोट समितिले सर्वोत्कृष्ट कर्मचारी नै सिफारिस गरेको छैन।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र २२, ०८: ५१

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ भाद्र २२, ०८: ५१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र २२, ०८: ५१

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...