
हेटौंडा । तत्कालिन नेकपा एमालेको संसदीय दलको नेताको हैसियतले बागमपति प्रदेशको मुख्यमन्त्री भएकी अष्टलक्ष्मी शाक्यले आफू अल्पमतमा परे पनि प्रदेश सरकारमा ६ मन्त्री र ४ राज्यमन्त्री थपेकी छन्। गत भदौ २ गते एमाले बागमपति प्रदेश संसदीय दलको नेता भएकै दिन शाक्य प्रदेशमा बहुमत प्राप्त दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्।
मुख्यमन्त्री नियुक्त भएको एक सातामै गत भदौ ९ गते एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएसँगै शाक्य नेतृत्वको बागमति प्रदेश सरकार अल्पमतमा परेको थियो।
प्रदेश सभामा अल्पमतमा परेको थाहा हुँदा हुँदै मुख्यमन्त्री शाक्यले बुधबार मन्त्रीपरिषद्मा थप ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन्।
भदौ १ गतेसम्म तत्कालिन नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट भनेर चिनिएकी शाक्य भदौ २ गते प्रदेश संसदीय दलको नेता र मुख्यमन्त्री भए पछि एमाले अध्यक्ष केपी शर्मा ओली गुट तिर लागेकी थिइन्।
नवगठित मन्त्रिपरिषदमा प्रदेश सभा सदस्यहरु डा. अजयक्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री, रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदीलाई सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकी छन्।
त्यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ।
सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरिेकी छन् । जीवन खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटी उद्योग राज्मन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका छन्।नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले बुधबारै सपथ लिएसँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ।
११० सदस्यीय बागमती प्रदेशमा एमालेका बहुमत अर्थात ५६ सांसदमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजिसकेका छन्। यो प्रदेशमा सत्तारुढ गठबन्धन मिलेर शाक्य नेतृत्वको प्रदेश सरकार गिराउन आन्तरिक गृहकार्य भइरहँदा बुधबार मन्त्रीपरिषद् बिस्तार गरिएको छ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...