एमाले सांसदको अबरोध छल्दै राजनीतिक दल सम्वन्धी अध्यादेश सदनमा पेश (भिडियाे सहित) – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

एमाले सांसदको अबरोध छल्दै राजनीतिक दल सम्वन्धी अध्यादेश सदनमा पेश (भिडियाे सहित)


काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजी र अवरोधलाई छल्दै प्रतिनिधिसभाको बुधबारको तेश्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको छ।


बुधबार दिउँसो ४ र ५ बजे बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै नाराबाजी गर्दै रोष्टम घेरेपछि स्थगित भएका थिए।

सभामुख सापकोटाले साँझ ५ः३५ बजे शुरु गरेको प्रतिनिधि सभाको बुधबारको तेश्रो बैठकमा भने सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिएको भनाई राख्ना साथ विपक्षी एमाले सांसद रोष्टम घेर्न कुदेका थिए।


एमाले सांसद रुक्मिणी चौधरीसहित सांसद सदनमा आफ्नो आसनबाट रोष्टमतर्फ अघि बढ्दै गरेको गृहमन्त्री बालकृष्ण खाँडको पछि कुदे पनि मर्यादा पालकले रोकेका थिए। गृहमन्त्री खाँड रोष्टममा पुगेर अध्यादेश पेश गर्दै गर्दा भने एमालेका सांसदले नाराबाजी शुरु गरेका थिए।

भिडियाे…

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र २३, १८: १९

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ भाद्र २३, १८: १९

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ भाद्र २३, १८: १९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...