डडेल्धुराको निर्वाचन रोक्न र पूर्वमन्त्री जोशी र ओझामाथिको कारबाही फिर्ता गर्न देउवासँग निधीको माग – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

डडेल्धुराको निर्वाचन रोक्न र पूर्वमन्त्री जोशी र ओझामाथिको कारबाही फिर्ता गर्न देउवासँग निधीको माग


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुधबार दुई पत्र लेख्दै उपसभापति विमलेन्द्र निधीले पार्टीको डडेलधुरा जिल्ला अधिवेशन सम्वन्धि विवाद समाधान नगरी अधिवेशन प्रक्रिया नथाल्न र पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र पूर्वराज्यमन्त्री पुस्करनाथ ओझामाथि गरिएको अनुशासनको कारबाही फिर्ता गर्न माग गरेका छन्।

सभापति देउवाका विश्वास मात्र मानिएका उपसभापति निधीले गत असार पहिलो साता आफू पार्टीको १४औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने सार्वजनिक अभिव्यक्ति दिए सँगै सभापति देउवासँग निधीको सम्वन्ध चिसिन थालेको हो।

सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यरुको नामावली सम्पूर्ण प्रक्रिया पुर्याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेर जिल्ला कार्य समितिको सहयोग र समन्वय विना निर्वाचन अधिकृतले भदौ २५ गतेलाई अधिवेशनको मिति तोकिदिएको घटनाप्रति गम्भीर आसहमति जनाएका छन्।

पार्टीको डडेलधुरा जिल्ला सभापति कर्णबहादुर मल्लले जिल्ला कार्यसमितिको सहमति बिना नै सदस्यता सम्वन्धी गम्भीर विवादको समाधान नगरी अधिवशेन र निर्वाचन गराउन खोजेको भन्दै आपत्ति जनाइसकेको अवसथामा वडा अधिवेशन गर्न खोज्नु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्वन्धि बिबाद समाधान गरी मात्र अधिवेशन र निर्वाचन कार्य सम्पन्न गर्न गराउन सम्वन्धित सरोकारवालालाई निर्देशनको लागि अनुरोध निधीले देउवासँग आग्रह गरेका छन्।

निधीले बुधबार नै सभापति देउवालाई पत्र लेख्दै पार्टीको १४औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधिहरुको छनौटको कार्यान्वयन प्रारम्भ भए पनि निर्वाचन निर्देशिका बनाउने र त्यसको कार्यान्वयन गर्ने क्रममा विधानमा केही त्रुटि र विरोधाभाषपूर्ण प्रावधानहरु उजागर भएको दाबी गरेका छन्।

निधीले संघीय निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरुमा सबै आरक्षीत समूहको प्रतिनिधित्व कटौति हुने भएको भन्दै अहिलेको प्रावधानले आदिवासी जनजाति, मधेशी, दलित, महिला, मुसलमान, थारु, पिछडा क्षेत्र, अल्पसंख्यक अपांगता भएका श्रमिक र तेश्रो लिंगिी आदि महाधिवेशन प्रतिनिधि तहमा आउन नसक्ने गरी निषेधात्मक प्रावधान हुन गएको दाबी गरेका छन्।

नेता निधीले आरक्षित, समावेसी समूहबाट अनिवार्य प्रतिनिधित्व हुने प्रावधान व्यवस्थित गर्न विधान, नियमावली, निर्देशिकाका सबै प्रावधानहरु निलम्वन गरी बाधा अड्का फुकाउन पार्टीको केन्द्रीय समितिको बैठक तत्काल बोलाउन अनुरोध गरेका छन्।

निधीले तनहुँका गोविन्दराज जोशी, कैलालीका पुस्कर ओझा लगायत देशभरका कांग्रेसी साथिहरुमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिनको लागि पनि सभापति देउवासँग माग गरेका छन्। उनले अनुशासित बनाउनु र तह लगाउनु दुई वटा फरक विषय र आशय भएको भन्दै १४औं महाधिवेशनको शुभ अवसरमा सवै कांग्रेसका नेता र कार्यकर्तामाथि गरिएको अनुशासनको कारबाही फिर्त लिनु दूरदर्शी, विवेकसम्मत र बुद्धिमानी हुने भएकोले त्यस्तो निर्णयका लागि केन्द्रीय कार्य समिति बैठक बोलाउन माग गरेका छन्।

.सभापति देउवालाई उपसभापति देउवाले लेखेका पत्रहरु

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र २३, २२: ५५

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ भाद्र २३, २२: ५५

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ भाद्र २३, २२: ५५

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...