कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा महामन्त्रीको उम्मेदार बन्ने घोषणा (भिडियाे) – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा महामन्त्रीको उम्मेदार बन्ने घोषणा (भिडियाे)


काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

१०८ओैं विपी जयन्तीको अवसर पारेर विपी संग्राहलय सुन्दरीजल काठमाडौंमा आयोजित एक विशेष समारोहबीच १ बजेर २० मिनेटको शुभसाइतमा १४ ओैं महाधिवेशनमा पार्टी महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

शर्माले पार्टीको आगामी मंसिरमा हुने महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी लिएर आगामी स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेसलाई विजय गराउने संकल्प गरेको बताए। संग्राहलय परिसरमा रूद्राक्षकाे विरूवा राेपेर प्रवक्ता शर्माले बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराइले जेल जीवन व्यतित गरेकाे सुन्दरीजल बन्दी गृहलाइ साक्षी राखेर पार्टीकाे महामन्त्री बनेर पार्टीलाइ बलियाे बनाउने प्रण गरे।

भदौं २६ गते शनिबार पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदवारीको ओैचित्य र एजेन्डाका बारेमा प्रष्ट पार्ने शर्माले बताएका छन्। उनले महाधिवेशनमा कुन गुट वा समूहबाट उम्मेदवारी दिने भन्ने विषयमा भने केही खुलाएनन्।


लामो समयदेखि पार्टीको पुरानो संस्थापन अर्थात गिरिजाप्रसाद कोइराला र शुशिल कोइराला पार्टी सभापति हुँदा सोही समूहबाट राजनीति गर्दै आएका शर्मा गत १३औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा को प्यानलबाट पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापति देउवाले दुई वर्षअघि मात्र शर्मालाई पार्टी प्रवक्तामा नियुक्त गरेका थिए।

भिडियाे

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र २४, १५: ०२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ भाद्र २४, १५: ०२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ भाद्र २४, १५: ०२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...