
काठमाडौं। मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतेमा जेड सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग विहीबार भेट गरेकी छन्।
आजै मात्र कतारबाट नेपाल आएकी सुमारले पूर्वप्रधानमन्त्री ओलीको निवास भक्तपुरको वालकोटमा दिउँसो २ बजे भएको भेटमा भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन। भेटमा एमाले नेताहर विष्णु रिमाल र राजन भट्टराईको पनि उपस्थिति थियो।
नेपालको चार दिने भ्रमणमा आएकी सुमार एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहित बिहीबार बिहान साढे ९ बजे काठमाडौँ आइपुगेकी थिइन्। विपक्षी दलका नेता ओलीसँगको भेट पछि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।
सुमारले जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अर्का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल लगायतसँग पनि भेट्ने कार्यक्रम तय भएको छ।
एमसीसी अनुदान सम्झौताका विषयमा नेपालका राजनीतिक दल र सत्तारुढ गठबन्धनबीच नै स्पस्ट धारणा सार्वजनिक नहुँदा राजधानी लगायतका देशका अन्य भागमा यसको विरोध भइरहेको छ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...