काठमाडौ । सरकारले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । यसै विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । उपनिर्वाचनका लािग सबभन्दा पहिले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने छ ।
स्थानीय तहमा मात्रै १९ जिल्लाका प्रमुख, गाउपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका २०७ पद रिक्त छन् । २०७४ सांसदको स्थानीय तह निर्वाचनमा उम्मेदवारी नै नपरेका कारण १८० पद रिक्त थिए । त्यसमा दलित १७५ र सोलुको नेचा सल्यान गाँउपालिका वडा नम्बर ६ तिङ्लामा कुनै पनि उम्मेदवारले उम्मदवारी नदिएका कारण खाली छ ।
त्यस्तै एक एक नगर प्रमुख, एक गाँउपालिकाका अध्यक्षको मृत्यु भएको छ भने एक वर्षको अवधिमा १६ वडाध्यक्षको मृत्यु भएको आयोगका शाखा अघिकृत घमचन्द तिमिल्सिनाले जानकारी दिए । त्यस्तै प्रदेश सभामा तीन पद खाली रहेको आयोगले जनाएको छ ।
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...