सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन् – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन्

नयाँ विकल्प,

डोटी- सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका थिए।

युवक बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट ११, प्रदेश प्रहरी तालिम केन्द्रबाट १० तथा प्रदेश प्रहरी अस्पतालबाट नौ जनाको प्रहरी टोलीले गए रातिदेखि खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र २६, १०: ३५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ भाद्र २६, १०: ३५

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र २६, १०: ३५

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...